उपसभामुखको उम्मेदवारी दर्ता आज, चर्चामा सोविता - Chaitanya News
  • 2026-05-11
  • 01:27:56
  • आइतबार,बैशाख २७, २०८३
  • उपसभामुखको उम्मेदवारी दर्ता आज, चर्चामा सोविता

    उपसभामुखको उम्मेदवारी दर्ता आज, चर्चामा सोविता

    काठमाडौँ –  प्रतिनिधिसभा उपसभामुख चयनका लागि प्रक्रिया शुरु हुँदैछ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसभामुखको निर्वाचन प्रक्रिया शुरु भएको हो ।

    संघीय संसद् सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिने छ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।

    सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।