कांग्रेस–एमाले घोचपेच - Chaitanya News
  • 2026-04-30
  • 22:59:24
  • बिहिबार,बैशाख १७, २०८३
  • काठमाडौं –  सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ ।

    प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो ।

    कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह गर्नुपर्ने थियो । तर ती दलका नेताहरूले मत माग्नेभन्दा पनि घोचपेचमै धेरै समय खर्चिए ।

    कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी ओलीले गरेको ‘ढोक्सा’को विषयमा प्रतिवाद गरे । ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताएका थिए ।