नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण - Chaitanya News
  • 2026-11-20
  • 14:00:10
  • शुक्रबार,मंसिर ०५, २०८३
  • नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण

    नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण

    काठमाडाैँ-  बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापामा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको छ । सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढी विमानस्थलमा अवतरण गरिएको थियो ।

    उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।