चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 971 of 1153
  • 2026-11-23
  • 04:14:35
  • आइतबार,मंसिर ०७, २०८३

About Author

माओवादी स्थायी कमिटी वैठक आज पनि बस्दै

काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ । यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए । बिहान ११ का लागि बोलाइएको बैठक अपराह्न ४ बजे बसेको थियो । उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो । उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नु पर्ने भएकाले आफूलाई समय चाहिएको बताएका दिए । उनले बैठकमा रास्वपाको मात्रै नभएर गठबन्धनमा नै समस्या आएको बताएका थिए ।

News by माओवादी स्थायी कमिटी वैठक आज पनि बस्दै :