चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 867 of 1154
  • 2026-11-23
  • 13:15:14
  • सोमबार,मंसिर ०८, २०८३

About Author

कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज (आइतबार) अढाइ महिनापछि स्वदेश फर्किने भएका छन् । भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् । नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्नेछन् । गएको फागुन ३ गते बुद्धनगरस्थित घरमा खाना पकाउने ग्यास ‘लिक’ भई आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि फागुन ४ मै मुम्बई लगिएको थियो ।