चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 379 of 1154
  • 2026-11-23
  • 13:08:13
  • सोमबार,मंसिर ०८, २०८३

About Author

‘नयाँ पुस्ताले खोजिरहेको परिवर्तनको चाहनालाई नजिकबाट बुझेको छु’: सुहाङ नेम्बाङ

काठमाडौँ– इलाम–२ बाट निर्वाचित भएका नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले नीति, संगठन, संरचना र कार्यशैलीमा रहेका त्रुटिलाई जनअपेक्षा अनुरूप परिमार्जन गर्दै पार्टी र आन्दोलनलाई नयाँ उचाइबाट पुनर्गठित गर्नुको विकल्प नभएको बताएका छन्। मतदाता र आम इलामबासीलाई आभार प्रकट गर्दै उनले देशभरको जनमतसँग अवगत गराएका छन्। उनले भनेका छन, ‘हाम्रो पार्टी र आन्दोलनप्रति विगतमा आम जनसमुदायले प्रकट गरेको असाधारण स्नेह र अभूतपूर्व विश्वासको गौरवमय इतिहास हुँदाहुँदै वर्तमान समयमा उठिरहेका प्रश्न, गरिएका आलोचना र व्यक्त भएका खबरदारीप्रति पनि उत्तिकै जानकार छु।’ उनले इलाम र देशबासीका लागि सधैँ क्रियाशील रहने प्रतविद्धता दोहोर्‍याएका छन्।

News by ‘नयाँ पुस्ताले खोजिरहेको परिवर्तनको चाहनालाई नजिकबाट बुझेको छु’: सुहाङ नेम्बाङ :