चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1055 of 1153
  • 2026-11-22
  • 20:37:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

हिमाली भू–भागमा हिमपातको सम्भावना, पर्वतारोहण गर्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं -देशका विभिन्न भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । विभागका अनुसार आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।प्रदेश–१ र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

News by हिमाली भू–भागमा हिमपातको सम्भावना, पर्वतारोहण गर्दा सतर्कता अपनाउन आग्रह :