चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 962 of 1165
  • 2026-11-27
  • 16:39:07
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार , हटाइयो भेन्टिलेटर

काठमाडौँ - कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको  स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो । भारतको मुम्बईमा उपचाररत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ । स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले भनेका छन् । शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ भने आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।

News by चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार , हटाइयो भेन्टिलेटर :