चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 363 of 1163
  • 2026-11-27
  • 08:27:20
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ– गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ। आज (मंगलबार) मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा संगठनसंग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो काम कारबाहीको सिलसिलामा कुनै तरिकाले अनाधिकृत कार्य गरेको पाइएमा त्यसको जानकारी दिन सूचनामार्फत आग्रह गरेको हो। मन्त्रालयले त्यस्तो सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखामा जानकारी गराइदिन अनुरोध गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ बमोजिम मन्त्रालयले सो आग्रह गरेको हो।

News by वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न गृह मन्त्रालयको आग्रह :