लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-03-29
  • 03:58:36
  • शनिबार,चैत्र १४, २०८२
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. नेपालको कान्छो राष्ट्रिय निकुञ्ज (१३ औ)छायाँनाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ ?
    A. ७४३                         B. ९४३              C. ८४३            D. १०४३

    2. मिस नेपाल ईन्टरनेशनल,२०२५ कसलाई प्रदान गरियो ?
    A. सोनी घले                    B. उरुषा भण्डारी              C. लुना लुईटेल          D. मुना थापा

    3. विभिन्न महादेश र तिनमा रहेका ठूला तालबारे समूह I र समूह II मा जोडा मिलाउनुहोस् ।
    a. एशिया                  1. लेक भिक्टोरिया
    b. अफ्रिका               2. लाडोगा
    c. युरोप                    3. क्यास्पियन
    d. दक्षिण अमेरिका   4. मरकाईवा
    A) a3,b1,c4,d2             B) a2,b4,c4,d1
    C) a3,b1,c2,d4              D) a1,b2,c3,d4

    4. नेपाली साहित्यको पहिलो उपन्यास कुन हो ?
    A. बहुलाकाजीको सपना           B. रुपमति         C. बसाई           D. मुटुको व्यथा

    5. माथिल्लो तामाकोशी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
    A. नुवाकोट           B. दोलखा           C. गोरखा          D. स्याङ्जा

    6. विश्वमा सबैभन्दा पहिलो प्रयोगमा आएको धातु कुन हो ?
    A. फलाम           B. सुन          C. तामा          D. चाँदि

    7. विमस्टेकको सम्बन्धमा देहायको मध्ये कुन भनाई सहि रहेको छ ?
    १) विमस्टेकको स्थायी सचिवालय बंगलादेशको राजधानी ढाकामा रहेको छ ।
    २) विमस्टेकको पहिलो महासचिव श्रीलंकाका सुमिथ नाकानादाल रहेका थिए ।
    ३) विमस्टेकको हाल सम्म ४ पटक शिखर सम्मेलन भएको छ ।
    ४) विमस्टेकमा ९ वटा सदस्य राष्ट्र रहेका छन् ।
    A. १,२,सहि ३,४ गलत               B. ३,४ सहि १,२ गलत
    C. १,२,३ र ४ सबै सहि               D. १,२,३ मात्र सहि

    8. तलका भनाई अध्ययन गरी सहि उत्तर छनौट गर्नुहोस् ।
    १) नेपाली नागरिकतामा २०६६ मंसिर १ बाट अंग्रेजी भाषा समेत प्रयोग गर्न थालिएको हो ।
    २) सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्री परिषद्को बैठक २०६६ मंसिर १९ गते बसेको हो ।
    A. १ ठिक                   B. २ ठिक                 C. दुबै ठिक                  D. दुबै बेठिक

    9. नेपालमा जीवित देवीको रुपमा पूँजा गरिने कुमारी कुन जातिको बालिकालाई छान्ने चलन छ ?
    A. अमात्य                  B. मास्के                C. शाक्य                D. श्रेष्ठ

    10. तलका कथनबाट सही कथन छनौट गर्नुहोस् ।
    a. नेपालसँग BIPPA सम्झौता गर्ने मुलुकको संख्या हालसम्म ६ वटा रहेको छ ।
    b. नेपालसँग DTAA सम्झौता गर्ने मुलकको संख्या हालसम्म ११ रहेको छ ।
    c. अन्तिममा BIPPA सम्झौता भएको मुलुक बंगलादेश हो ।
    d. अन्तिममा DTAA सम्झौता भएको मुलुक भारत हो ।
    A. a,b गलत c,d सहि            B. a,b सहि c,d गलत
    C. a,b,c र d गलत                D. a,b,c र d सबै सहि

    11. पृथ्वीको सतह देखि कति उचाई सम्मको भागलाई समतापमण्डल भनिन्छ ?
    0-16 कि.मि            B) 16-50 कि.मि             C) 50-80 कि.मि         D) 80-120 सम्म

    12. नेपालको कुन क्षेत्रलाई दुन क्षेत्रको उपनामले चिनिन्छ ?
    A. चुरे क्षेत्र           B. भित्री मधेश          C. भावर प्रदेश         D. मध्य भूमि

    13. नेपाल र चिन बिच बेत्रावत्ती सन्धि कहिले भएको थियो ?
    A. १८४९ फागुन २२         B. १८५० फागुन २३     C. १८५१ फागुन २१      D. १८४९ भाद्र ६

    14. तलका कथन अनुसार सही उत्तर छनौट गर्नुहोस् ।
    a. प्रथम विश्वयुद्ध हुँदा नेपालका प्रधानमन्त्री जुद्धशमशेर थिए ।
    b. नेपालले प्रथम विश्वयुद्धमा बेलायतको पक्षबाट लडेको थियो ।
    c. प्रथम विश्वयुद्ध १५६१ दिन चलेको थियो ।
    d. भर्सेलिजको सन्धी २० वर्षको लागि गरिएको थियो ।
    A. b गलत a,c र d सहि         B. a गलत b,c र d सहि
    C. c गलत b,a र d सहि         D. सबै बेठिक

    15. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् ?
    A. वेनजिर भुटो           B. जुनियर रिचर्ड जयवर्दने
    C. राजिव गान्धि           D. कृष्ण प्रसाद भट्टराई

    16. हाल आसियानको शिखर बैठक सामान्यतया कति अवधिमा बस्ने गर्छ ?
    A. वर्षको १ पटक                    B. वर्षको २ पटक
    C. दुई वर्षमा १ पटक               D. प्रत्येक ३ वर्षमा

    17. प्लाष्टिकको प्रयोगमा रोक लगाउन सुरु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
    A. नेपाल                   B. बंगलादेश              C. पाकिस्तान               D. भारत

    18. तल दिइएका कथनका सम्बन्धमा कुन ठीक हो कुन बेठीक हो छुट्याउनुहोस् ।
    a. अन्तर्राष्ट्रिय मुद्राकोष संयुक्त राष्ट्रसंघको प्रमुख अंग हो ।
    b. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य सन् १९५५ डिसेम्बर १४ मा भएको हो ।
    c. सार्क राष्ट्रमध्ये सबैभन्दा पछि संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने मुलुक अफगानिस्तान हो ।
    A. ब र अ बेठिक द ठिक           B. ब र अ ठिक द बेठिक
    C. ब र द ठिक अ बेठिक           D. सबै ठिक

    19. संयुक्त राष्ट्रसंघ (UNO) ले सन् २०२१ -सन् २०३० को १० वर्षको अवधिलाई कुन दशकका रुपमा मनाईँदैछ ?
    A. दिगो उर्जा दशक                        B. रोजगारी सिर्जना दशक
    C. दिगो कृषि विकास दशक            D. पारिस्थितिकी प्रणाली पुर्नस्थापना

    20. UNO को हालसम्म भएको सबैभन्दा ठुलो सम्मेलन कुन हो ?
    A. विश्व स्वास्थ्य सम्मेलन     B. विश्व उर्जा सम्मेलन     C. वृखारेष्ठ सम्मेलन   D. पृथ्वी सम्मेलन

    उत्तरः

    1. C 11. B
    2. B 12. B
    3. C 13. D
    4. B 14. B
    5. B 15. A
    6. C 16. B
    7. A 17. B
    8. C 18. A
    9. C 19. D
    10. B 20. D

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100