काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय भएको छ।
यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयासले ‘फारसको खाडीका सबै सञ्चार लाइनहरूमा माइन (विस्फोटक पदार्थ) बिछ्याइनेछ’ भनेको थियो।
इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसीमा आज सकिँदैछ।
े