चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 334 of 1156
  • 2026-11-24
  • 10:05:59
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

आजबाट सरकारी कार्यालय ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने

काठमाडौँ– आजबाट सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने छन्। हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन्। यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो। मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो। यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।

News by आजबाट सरकारी कार्यालय ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने :