काठमाडौं– महान्यायाधिवक्तामा नारायण कँडेल नियुक्त भएका छन् । आज (आइतबार) सरकारले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन्।