चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 258 of 1153
  • 2026-11-22
  • 19:22:48
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज पनि प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौँ– आज (मंगलबार) पनि प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा सभामुख डोलप्रसाद डीपी आर्यलाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ। बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ। यता नेपाल–भारत सीमालाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अघि बढ्न नदिने विपक्षी दलहरूको अडान छ। अहिलेसम्म सत्तारुढ र विपक्षी दलबीच सदन खुलाउने विषयमा सहमति भई नसकेकोले आज पनि सदन निर्वाध चल्ने विषयमा संशय कायमै छ।  

News by आज पनि प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथि छलफल हुने :