चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 190 of 1161
  • 2026-11-26
  • 10:48:41
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आज मधेस प्रदेश सभा बैठक बस्दै, बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेश सभाको बैठक आज (मंगलबार) १ः०० बजे बस्ने भएको छ। बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आव २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ। यही असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो। मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आव २०८३–८४ का लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए।

News by आज मधेस प्रदेश सभा बैठक बस्दै, बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने :