चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 536 of 1160
  • 2026-11-25
  • 23:10:22
  • बुधबार,मंसिर १०, २०८३

About Author

प्रधानमन्त्रीलाई ‘प्रचण्ड’को प्रश्न: टीयूमा ३ सय दिनमा राख्ने भनेको फ्लडलाइट खोइ ?

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासिनता र असफलता देखिएको बताएका छन् । यस्तै उनले भने, ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो। तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत कार्यान्वयन नभएको भन्दै उनले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाए। दाहालले भने, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट’ ? ‘प्रचण्ड’ले यस्तो कार्यशैलीले सरकारको घोषणा केबल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै, राष्ट्रिय गौरवका अन्य आयोजनामा समेत यस्तै लापरवाही दोहोरिएकोमा चिन्ता व्यक्त गरे।  

News by प्रधानमन्त्रीलाई ‘प्रचण्ड’को प्रश्न: टीयूमा ३ सय दिनमा राख्ने भनेको फ्लडलाइट खोइ ? :