चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 354 of 1158
  • 2026-11-25
  • 00:19:41
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

यस्ता छन् कोसी प्रदेश सरकारले पारित गरेका महत्वपूर्ण ६ वटा निर्णय

काठमाडौँ– कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले ६ वटा निर्णय पारित गरेको छ । प्रदेशको आज (बिहिबार) बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण ६ वटा निर्णय पारित गरेको हो। प्रदेश सरकारले प्रदेश भवन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ। साथै, आगामी आर्थिक वर्ष ०८३ का लागि सार्वजनिक बिदाको सूची पनि अनुमोदन गरिएको छ। बैठकले वित्तीय समानीकरण अनुदान र सवारीसाधन कर बाँडफाँडसम्बन्धी निर्धारण सीमा अनुमोदन गर्ने निर्णय गरेको मन्त्रीले जानकारी दिएका छन्। त्यस्तै, यसअघि असोज १८–१९ मा आएको बाढी(पहिरो र चैत १(२ को हावाहुरीबाट प्रभावित क्षेत्रका पुनर्निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि पारित भएको मन्त्रीले बताएका छन्।

News by यस्ता छन् कोसी प्रदेश सरकारले पारित गरेका महत्वपूर्ण ६ वटा निर्णय :