चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1101 of 1101
  • 2026-10-05
  • 12:43:48
  • सोमबार,आश्विन १९, २०८३

About Author

नबिल बैंकले २ करोड डलर विदेशबाट ऋण ल्याउन स्वीकृति पायो, सिंगापुरको चार्टर्डबाट ल्याउने

कर्जा खबर, काठमाडौं । नबिल बैंक लिमिटेडले २ करोड अमेरिकी डलर अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट ल्याउन स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकले नबिललाई सिंगापुरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ऋण ल्याउन स्वीकृति दिएको हो। लाइबरमा अतिरिक्त २ प्रतिशत ब्याज बढी हुने गरी ऋण ल्याउन स्वीकृति दिइएको हो। राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै नबिलले सम्झौता गरेर ऋण ल्याउने छ। गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले ७ करोड ७५ लाख डलर (१२० रुपैयाँको विनिमय दर अनुसार हिसाब गर्दा ९ अर्ब ३० करोड हुन जान्छ) विदेशी मुद्रामा ऋण ल्याएका थिए। राष्ट्र बैंकको 'विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था' अनुसार गत वर्ष चार बैंकले यो पैसा ल्याएका थिए। यसमध्ये अधिकांश स्वीकृति चैतमा लिइएको थियो। मेगा, बैंक अफ काठमाण्डू (बिओके), एनएमबि र सिद्धार्थ बैंकले ऋण ल्याएका थिए। सबैभन्दा धेरै मेगा बैंकले चार करोड डलर, बिओकेले एक करोड, एनएमबि बैंकले एक करोड ५० लाख डलर र सिद्धार्थले एक करोड २५ लाख डलर भित्र्याउन स्वीकृति लिएका थिए। अघिल्लो वर्ष करिब आधा दर्जन बैंकले नौ करोड डलर भित्र्याएका थिए। आन्तरिक स्रोतबाट मात्र ऋण लगानी गर्ने तरलता पुर्यारउन नसक्ने भएपछि राष्ट्र बैंकले तीन वर्षअघि बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी संस्थाबाट पनि पैसा ल्याउन सक्ने बाटो खोलिदिएको थियो। यो पैसा राष्ट्र बैंकले भनेको क्षेत्रमा लगानी गर्नु पर्ने हुन्छ। नवीकरणीय ऊर्जा उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार, पर्यटन, कृषि, साना तथा मझौला उद्योय, अन्य उत्पादनमूलक क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्नका लागि मात्र पैसा भित्र्याउन पाइन्छ। यस्तो पैसा कम्तिमा एक वर्षका लागि भित्र्याउनु पर्ने हुन्छ।

News by नबिल बैंकले २ करोड डलर विदेशबाट ऋण ल्याउन स्वीकृति पायो, सिंगापुरको चार्टर्डबाट ल्याउने :