चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 429 of 1153
  • 2026-11-23
  • 01:39:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार थपिएयो : स्वास्थ्य मन्त्री गौतम

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिबिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छिन्। आज (शुक्रबार) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । यस्तै उनले स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्। स्रोत सुनिश्चित नभई जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको उनको जिकिर छ। संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको एकल जिम्मेवारी स्थानीय सरकारको भएको उल्लेख समेत गरिन् । स्थानीय तहले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्ने धारणा उनको छ। स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँट आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले बिमामा बोर्डलाई जिम्मेवार बन्न आग्रह गरिन्।

News by बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार थपिएयो : स्वास्थ्य मन्त्री गौतम :