काठमाडौँ– प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर चौथो तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुल्ला भएको छ।
आज (शुक्रबार) प्रदेश लोक सेवा आयोग लुम्बिनीले एक सूचना जारी गरी प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक सहायक स्तर चौथो तहको विज्ञापन खुलाएको हो।
योग्यता पुगेका उम्मेदवारले आजदेखि फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन २१ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने छन्।
![]()
![]()
![]()
![]()
![]()