आयुक्त जबराले भने: निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण - Chaitanya News
  • 2026-04-27
  • 23:23:57
  • सोमबार,बैशाख १४, २०८३
  • आयुक्त जबराले भने: निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण

    आयुक्त जबराले भने: निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण

    काठमाडौँ– निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। आज (शुक्रवार) निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    यस्तै, उनले पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थितिको बारेमा स्पष्ट जानकारी राख्नुपर्ने बताए। विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता वृद्धि गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै उनले यस पटक पनि सोही अपेक्षा राखिएको उल्लेख गरे।

    आयुक्त जबराले निर्वाचन आयोगले हालै जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराए।

    पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्वपूर्ण सरोकारवाला र निर्वाचनका ‘आँखा’ को संज्ञा दिँदै एक दिने अभिमुखीकरण तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न समेत आग्रह गरे।