दुई सातापछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-11-03
  • 12:43:49
  • मंगलबार,कार्तिक १८, २०८३
  • दुई सातापछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    दुई सातापछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं– करिब दुई सातादेखि बस्न नसकेको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज अपराह्न ४ बजेका लागि बैठक आह्वान गरिएको हो।

    प्रधानमन्त्री बालेन शाहले दुई साताको अन्तरालपछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

    लामो समयपछि बस्न लागेको बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकले समसामयिक सरकारी कामकारबाही र आवश्यक निर्णय प्रक्रियालाई समेत अघि बढाउनेछ।

    प्रधानमन्त्री शाहको नेतृत्वमा बस्न लागेको बैठकलाई सरकारका आगामी कामकारबाही र नीतिगत निर्णयका दृष्टिले पनि चासोका साथ हेरिएको छ। बैठकपछि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिनेछ।