चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 364 of 1153
  • 2026-11-22
  • 20:58:36
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज सेयर बजार ४.४५ अंकले बढ्यो, १४ अर्ब ३२ करोडको कारोबार

काठमाडौं– साताको पहिलो दिन आ (आइतबार) सेयर बजार ४.४५ अंक बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ। दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो। कारोबार रकम केही दिनयता नै उल्लेख्य छ। अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो। १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो। आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ। त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे। लगानी ०.५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटे। चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन्। सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो। ग्रिनलाइफ हाइडोपावरको ९.५३, अभियान लघुवित्तको ५.३१ प्रतिशत मूल्य बढ्यो। दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। खानीखोला हाइड्रोपावरको ५.१८, थ्रीस्टार हाइड्रोपावरको ३.३५, हिमस्टार ऊर्जाको ३.३० प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत् छन्।

News by आज सेयर बजार ४.४५ अंकले बढ्यो, १४ अर्ब ३२ करोडको कारोबार :