1.Time Personal of the year,2025 कसलाई घोषणा गरियो ?
A) Taylor Swift B) Donald trump
C) Architects of AI D) VolodymyrZelenskyy
2.तल दिइएका भनाईहरु अध्ययन गरी गलत विकल्प छनौट गर्नुहोस् ।
A.पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा सिद्धिनरसिंह मल्ल हुन् ।
B.रण बहादुर शाहको हत्या शेर बहादुर शाहले गरेका हुन् ।
C.निर्वाणानन्द पदवी लिएका राजा मानदेव हुन् ।
D.लिच्छवीकालमा कुथेर अड्डाको मुख्य कार्य राजस्व उठाउने हो ।
3.फिफा ईयर अवार्ड,२०२५ अनुसार विचार गर्नुहोस् ।
क)उत्कृष्ट पुरुष खेलाडी – ओसमन डेम्बेले
ख)उत्कृष्ट पुरुष गोलकिपर – जियानलुईजी डोनारुम्मा
ग)फिफा मार्टा अवार्ड – लिजबेथ ओभाले
माथि उल्लेखित कुन कुन जोडा सहि छन् ?
A.क र ख सहि B.ख र ग सहि C.सबै सहि D.क र ग सहि
4.नेपाल सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?
A.वि.सं.२०६३ माघ ५ B.वि.सं.२०६३ चैत्र ५
C. वि.सं.२०६३ फागुन ६ D.वि.सं.२०६३ मंसिर ५
5.तलका भनाईहरु बारे विचार गर्नुहोस् ।
१.नेपालमा चित्रकला लिच्छिविकालमा भित्रिएको थियो ।
२.पशुपतिनाथको मन्दिर प्यागोडा शैलीको मन्दिर हो ।
३.पाटनको श्रीकृष्ण मन्दिर शिखर शैलीमा बनेको मन्दिर हो ।
माथि दिइएका भनाईहरु मध्ये कुन ठिक हो ?
A.१ र २ मात्र ठीक B.१ र ३ मात्र ठीक C.२ र ३ मात्रठीक D.१,२ र ३ सबै ठिक
6.ईन्सुलियन कुन रोग सँग सम्बन्धित रहेको छ ?
A. जन्डिस B.मधुमेह C.क्षयरोग D.एड्स
7.कुन जोडा गलत छ ?
A.अन्तरिक्षमा कृत्रिम भुउपग्रह पठाउने देश पहिलो देश – रसिया
B.चन्द्रमा मानिस पठाउने पहिलो देश – अमेरिका
C.सेडर क्रान्ति – ईक्वडेर मा भएको थियो ।
D.अन्टार्कटिकामा पुग्ने पहिलो महिला – क्यारोलिन मिशेलसन
8.शुद्ध पानिको Ph Scale कति हुन्छ ?
A)ph8 B)ph7 C)ph5 D)ph6
9.दिइएको मध्ये कुन सहि छन् ? पत्ता लगाउनुहोस् ।
१)ढोरपाटन शिकार आरक्ष – १३२५ वर्ग कि.मि.
२)रारा राष्ट्रिय निकुञ्ज – १०७ वर्ग कि.मि.
३)लाङटाङ राष्ट्रिय निकुञ्ज – १७४८ वर्ग कि.मि.
४)खप्तड राष्ट्रिय निकुञ्ज – २२५ मिटर
A.१ र २ मात्र सहि B.३ मात्र सहि C.१ र ४ मात्र सहि D.माथिका सबै सहि
10.देहायमध्ये कुन भनाई गलत छ ?
A.चन्द्रमा पृथ्वीको उपग्रह हो । B.एकापट्टि तातो र अर्कोपट्टि चिसो हुने ग्रह बुध हो ।
C.सूर्यादय हुनु अघि देखि सूर्यास्त पछिसम्म देखिने ग्रह मंगल हो । D.शनि ग्रह पत्ता लगाउने हेरि हेस हुन् ।
11.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
आयोग समूह क स्थापना समूह ख
a.बुच कमिसन 1.वि.सं.२०१३
b.प्रशासनकीय पुर्नगठन आयोग 2.वि.सं.२००९
c.प्रशासन सुधार आयोग 3.वि.सं.२०३१
d.नयाँ जिल्ला प्रशासन आयोग 4.वि.सं.२०२५
A)a1,b2,c3,d4 B)a3,b1,c4,d2 C)a2,b1,c4,d3 D)a4,b2,c1,d3
12.चीन र भारत दुवैलाई छुने प्रदेश कुन कुन हुन् ?
A.कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम B.लुम्बिनी, बागमती, गण्डकी र सुदुरपश्चिम
C.मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम D.कोशी, कर्णाली, गण्डकी र सुदुरपश्चिम
13.सार्कले घोषणा गरेका वर्ष र दशकहरु बीच जोडा मिलान गरी कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
वर्ष दशक
a. सन् १९९० 1.सार्क बालिका वर्ष
b. सन् १९९२ 2.सार्क युवा वर्ष
c. सन् १९९४ 3.सार्क साक्षरता वर्ष
d. सन् १९९६ 4.सार्क वातावरण वर्ष
A) a1,b2,c3,d4 B)a2,b4,c1,d3 C) a1,b4,c2,d3 D) a2,b3,c1,d4
14.संकटकालीन अवस्थाको घोषणा भए पश्चाप कति समयअवधिमा उक्त घोषणाको अनुमोदन गरि सक्नुपर्दछ ?
A.१० दिन भित्र B.दुई महिना भित्र C.२० दिन भित्र D.एक महिना भित्र
15.सुर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A.न्युटन B.ग्यालिलियो ग्यालिली C. आर्किमिडिज D.जोन डाल्टन
16.निम्न भनाईहर विचार गर्नुहोस् ।
१.विश्वको सबैभन्दा पुरानो सभ्यता
२.नाईल नदिको किनारमा विकसित भएको,
३.चित्रक्षार लिपिको विकास भएको,
माथिका उल्लेखित भनाईहरु कुन सभ्यताका विशेषताहरु हुन् ?
A. मेसोपोटामियाको सभ्यता B.सिन्धुघाँटीको सभ्यता C.मिश्रको सभ्यता D.रोमको सभ्यता
17.One Belt One Road(OBOR) को समझदारी पत्रमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका हुन् ?
A.गणेशमान सिंह B.मनमोहन अधिकारी C. शंकरदास वैरागी D.कुनै पनि होईनन्
18.१६ औ योजनाले योजनको अन्त्य सम्ममा भ्रष्टचार न्यूनिकरण अनुभूती सूचकांक कति पु¥याउने लक्ष्य लिएको छ ?
A.३५ B.४३ C.६५ D.४५
19.मदन पुरस्कार बारेमा देहायका भनाईहरु विचार गर्नुहोस् ।
क)मदन पुरस्कार २०८१ छुदेन काविमो (उरमाल) लाई प्रदान गरियो ।
ख)सबैभन्दा धेरै मदन पुरस्कार पाउने व्यक्ति सत्यमोहन जोशी हुन् ।
ग)हाल सम्म यो पुरस्कार ४ जना महिलाहरुले प्राप्त गरेका छन् ।
घ)मदन पुरस्कार २०८० मोहन मैनाली (मुकाम रणमैदान) लाई प्रदान गरियो ।
माथि उल्लेखित भनाईहरुमा कुन कुन ठिक छन् ?
A.क,ख र ग ठिक B.ख र घ मात्र ठिक C.ख र ग मात्र ठिक D.सबै ठिक
20.नेपालमा अन्तर्राष्ट्रिय ट्रक सेवा कहिले देखि सुरु भएको हो ?
A.वि.सं. २०४२ B.वि.सं. २०४५ C.वि.सं. २०४६ D.वि.सं. २०४४
उत्तरः
1. C 11. C
2. C 12. A
3. C 13. C
4. D 14. D
5. D 15. C
6. B 16. C
7. C 17. C
8. B 18. B
9. C 19. D
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100