चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 112 of 1158
  • 2026-11-24
  • 15:37:35
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम जारी

धनुषा– देशका विभिन्न स्थानमा बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ। व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन्। महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.११ लाख एक सहयोग गरेका छन्। उनले व्यक्तिगत खुसीभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै जन्मदिनमा हुने खर्च सहयोग गरेका हुन्। झाले देश नै विपत्तिमा परेका बेला व्यक्तिगत उत्सवमा मात्र रमाउनु उचित नलागेकाले प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गरेको बताए। “देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन। बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ”, उनले भने। बर्दिबासका सामाजिक अभियन्ता तथा योग गुरु सुमित्रा भट्टराईले रु। ५१ हजार सहयोग गरेकी छिन्। भोटेकोशीमा आएको बाढीबाट ठूलो क्षति भएपछि प्रभावित परिवार राहत तथा पुनस्स्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनासहित सहयोग गरिएको भट्टराईले बताइन्। उनले विपद्का बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोगको रकम ठूलो वा सानोभन्दा पनि पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने उल्लेख गरिन्। त्यसैगरी बर्दिबास उद्योग वाणिज्य संघको सहकार्यमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्री कृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषणा थापाले रु. ५१ हजार सहयोग गरेका छन्। त्यस्तै मोनास्टिक स्कुल–कलेजले रु.पाँच लाख एक हजार सहयोग गर्ने भएको छ। प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनस्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको विद्यालयले जनाएको छ। विद्यालयका निर्देशक डा. सोनु साहले विपद्का बेला पीडितपरिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताइन्। सहयोगकर्ताले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाज सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

News by प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम जारी :