चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1068 of 1106
  • 2026-10-07
  • 13:25:46
  • बुधबार,आश्विन २१, २०८३

About Author

‘अल्लु अर्जुनले लिए पुष्पा–२’का लागि १२५ करोड पारिश्रमिक

काठमाडौं– तेलुगू फिल्म ‘पुष्पा’ ब्लकबस्टर बनेपछि अल्लु अर्जुन पूरै भारतमा चर्चित बने। उनको स्टारडमदेखि पारिश्रमिकसम्म वृद्धि भयो। सुकुमार निर्देशित ‘पुष्पा’को अब दोस्रो सिक्वेल बनिरहेको छ। ‘पुष्पा द रुल’ शीर्षक राखिएको फिल्ममा अल्लु अर्जुनले उच्च पारिश्रमिक लिएका छन्। कुल ४५० करोड भारुको फिल्ममा उनले १२५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अल्लु अर्जुनले लिएको यो पारिश्रमिक बलिउड स्टार सलमान खान र अक्षयकुमारले लिने बराबर हो। अल्लु अर्जुनका साथै रश्मिका मन्दानाको मुख्य भूमिका रहने ‘पुष्पा–२’ आगामी वर्ष रिलिज हुने जनाइएको छ। अल्लु अर्जुन सलमान खानको आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’मा समेत देखिंदैछन्। यो फिल्म आगामी डिसेम्बर ३० मा रिलिज हुँदैछ।

News by ‘अल्लु अर्जुनले लिए पुष्पा–२’का लागि १२५ करोड पारिश्रमिक :