काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।
उनले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाए । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरे ।
आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।