चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-21
  • 10:22:26
  • शनिबार,मंसिर ०६, २०८३

About Author

एनपीएल फाइनल: इतिहास रच्ने दाउमा लुम्बिनी, पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने फाइनलमा दुवै टोली फरक लक्ष्यसहित मैदान उत्रनेछन्। साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक उपाधि जित्दै एनपीएलमा नयाँ इतिहास बनाउने योजनामा छ भने सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनल पुगेर यसपटक पहिलो उपाधि आफ्नो नाममा पार्ने दाउमा छ। फाइनलसम्मको यात्रा तय गर्ने क्रममा लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गरेको थियो। त्यसपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै उपाधि भिडन्तमा पुनरागमन गरेको हो। सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल हो। यसअघिका दुई संस्करणमा उपविजेतामा सीमित भएको टोली यसपटक उपाधि जित्दै पुरानो नतिजा बदल्न चाहन्छ। यता, लुम्बिनी पनि अघिल्लो संस्करणको सफलतालाई निरन्तरता दिने लक्ष्यमा छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएको आत्मविश्वाससहित मैदान उत्रने लुम्बिनीका लागि उपाधि रक्षा गर्ने अवसर हुनेछ। प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दुई टोलीबीचको यो फाइनलले एकातिर सुदूरपश्चिमको पहिलो उपाधिको प्रतीक्षा समाप्त गर्नेछ भने अर्कोतिर लुम्बिनीलाई लगातार दोस्रो पटक च्याम्पियन बन्ने अवसर दिनेछ।

News by एनपीएल फाइनल: इतिहास रच्ने दाउमा लुम्बिनी, पहिलो उपाधिको खोजीमा सुदूरपश्चिम :