चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 849 of 1152
  • 2026-11-22
  • 12:07:36
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एक कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा कास्कीको पोखरा महानगरपालिका २८ नम्बर वडा कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रविनविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सब-इन्जिनियर प्रविनले बाटो निर्माणका क्रममा सेवाग्राहीसँग पन्ध्र हजार घुस लिएको अख्तियारको ठहर छ ।