चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 831 of 1153
  • 2026-11-22
  • 13:33:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने, २०८०-९० लाई भ्रमण दशक मनाइने

काठमाडौं -  सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल बनाउने जानकारी दिएका हुन् । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशक घोषणा गरेको छ। सरकारको तर्फबाट आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा समेत घोषणा गरेको छ। नेपालको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय स्तरका चर्चित व्यक्तिलाई बोलाइने भएको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार गर्ने विदेशी नागरिकलाई सगरमाथा विशेष सम्मान प्रदान गर्ने घोषणासमेत सरकारले गरेको छ। सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ हिमालहरू पनि आरोहणका लागि खुला गर्ने भएको छ। विदेशी पर्यटक र मुद्रा भित्र्याउन नयाँ हिमाल आरोहणका लागि पनि अनुमति दिनेगरी सरकार अघि बढेको हो। प्रत्येक प्रदेशबाट एक पर्यटन गन्तव्यलाई पर्यटन ग्रामको रूपमा विकास गरिने कार्यक्रम समेत सरकारले अघि बढाएको छ। यसअघि सूचीमा परेका १०० नयाँ पर्यटन गन्तव्यलाई विश्व बजारमा प्रचारप्रसार गरिने समेत सरकारले बताएको छ।  

News by प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने, २०८०-९० लाई भ्रमण दशक मनाइने :