चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 814 of 1153
  • 2026-11-22
  • 15:04:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, तराईमा हावाहुरी चल्ने

काठमाडौँ -  नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज (बिहीबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

News by पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, तराईमा हावाहुरी चल्ने :