दार्चुलामा करेन्ट लागेर एक शिक्षकको मृत्यु - Chaitanya News
  • 2026-11-21
  • 04:53:28
  • शुक्रबार,मंसिर ०५, २०८३
  • दार्चुलामा करेन्ट लागेर एक शिक्षकको मृत्यु

    दार्चुलामा करेन्ट लागेर एक शिक्षकको मृत्यु

    दार्चुला- दार्चुलामा करेन्ट लागेर एकजना शिक्षकको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका वडा नं ३ का दमनसिंह कार्कीको मंगलबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    शिक्षक कार्की अपिहिमाल गाउपालिका वडा नम्बर ४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा बिगत ८ वर्ष देखि अध्यापनरत रहेका थिए।

    आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।