स्वास्थ्य मन्त्रीले भने- अस्पतालको बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्नु - Chaitanya News
  • 2026-05-02
  • 22:39:06
  • शनिबार,बैशाख १९, २०८३
  • स्वास्थ्य मन्त्रीले भने- अस्पतालको बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्नु

    स्वास्थ्य मन्त्रीले भने- अस्पतालको बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्नु

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।

    काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा बुधबार आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन्।

    अस्पतालमा आइसियु, इमर्जेन्सी वा सिसियु बेड के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न उनले निर्देशन दिएका हुन् । त्यस्तै, ओपिडी टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए।