चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 694 of 1153
  • 2026-11-23
  • 04:06:25
  • आइतबार,मंसिर ०७, २०८३

About Author

भारतसँग भिड्नु अगाडि देसाइले के भने ?

  एसिया कपमा भारतसँगको ऐतिहासिक खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीको सपना साकार हुन गइरहेको बताएका छन् । नेपाल र भारतबीचको खेल आज दिउँसो हुँदैछ । ‘नेपाली क्रिकेटको हरेक पुस्ताको सपना थियो कि एक दिन ठूला देशसँग खेल्ने...। आज यो सपना साकार हुँदैछ’, देसाईले भने । नेपाली टोलीको पहिलो खेल पाकिस्तानसँग थियो । त्यो खेल पाकिस्तानले २३८ रनले जितेको थियो । भारतको पहिलो खेल पनि पाकिस्तानसँग थियो । त्यो खेल वर्षाका कारण रद्द भएको थियो र दुवै टोलीले अंक बाँडेका थिए । नेपाल र भारतबीचको खेलमा पनि वर्षा हुने अनुमान छ ।