भारतसँग भिड्नु अगाडि देसाइले के भने ? - Chaitanya News
  • 2026-06-07
  • 00:27:08
  • शनिबार,जेठ २३, २०८३
  • भारतसँग भिड्नु अगाडि देसाइले के भने ?

    भारतसँग भिड्नु अगाडि देसाइले के भने ?

     

    एसिया कपमा भारतसँगको ऐतिहासिक खेलअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीको सपना साकार हुन गइरहेको बताएका छन् । नेपाल र भारतबीचको खेल आज दिउँसो हुँदैछ ।

    ‘नेपाली क्रिकेटको हरेक पुस्ताको सपना थियो कि एक दिन ठूला देशसँग खेल्ने…। आज यो सपना साकार हुँदैछ’, देसाईले भने ।

    नेपाली टोलीको पहिलो खेल पाकिस्तानसँग थियो । त्यो खेल पाकिस्तानले २३८ रनले जितेको थियो । भारतको पहिलो खेल पनि पाकिस्तानसँग थियो । त्यो खेल वर्षाका कारण रद्द भएको थियो र दुवै टोलीले अंक बाँडेका थिए ।

    नेपाल र भारतबीचको खेलमा पनि वर्षा हुने अनुमान छ ।