चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 339 of 1153
  • 2026-11-22
  • 13:47:37
  • आइतबार,मंसिर ०७, २०८३

About Author

विदेश जाने श्रमिकका लागि अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँमै सीमित, नियम विपरीत लिए इजाजत खारेज हुने चेतावनी

काठमाडौँ– वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँमै सीमित रहेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सूचनामा, निर्धारित शुल्कभन्दा बढी लिएको संस्थाको इजाजत पत्र स्वतः रद्द गरिने चेतावनी दिइएको छ। पछिल्ला समय केही तालिम प्रदायक संस्थाले प्रति प्रशिक्षार्थी २ हजार १ सय रुपैयाँसम्म शुल्क लिएको देखिएको थियो। विभागले अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र कुल शुल्क ७०० रूपैयाँमात्र हुने जानकारी दिएको छ। २०८१ असोज १३ गते जारी प्रेस विज्ञप्तिमार्फत पनि यही शुल्क कायम रहेको र यसको उल्लंघन गरेमा कानूनी कारबाही हुने प्रष्ट पारिएको छ। वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित कार्यविधिअनुसार तालिमका सबै मापदण्ड पालना गर्नुपर्ने नियम लागू हुने विभागले जनाएको छ। विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र अभिमुखीकरण कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

News by विदेश जाने श्रमिकका लागि अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँमै सीमित, नियम विपरीत लिए इजाजत खारेज हुने चेतावनी :