चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1064 of 1161
  • 2026-11-26
  • 10:38:56
  • बिहिबार,मंसिर ११, २०८३

About Author

देउवा सरकार पानी हालेर जोडेको सातुको डल्लो हो, सुकेपछि फुट्छ : अध्यक्ष ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सत्ता गठबन्धनको सरकारलाई सातुको डल्लोको संज्ञा दिएका छन्। चुनावी सभालाई सम्बोधन गर्न सोमबार स्याङ्जा पुगेका अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। सत्ता गठबन्धन स्वार्थको गठजोड भएकोले आसन्न निर्वाचनपछि यो सातुको डल्लोजसरी फुटेर जाने उनले दाबी गरे। ‘स्वार्थहरूको गठजोड मिलेर यो सरकार बनाउने हो। त्यो पनि संसद्बाट नभएर अदालतमा गएर संविधानविपरीत बनेको अस्थायी सरकार हो। यो अब १५–१६ महिना टिक्ला। त्यसैले, यो खाली सातुको डल्लो हो,’ उनले भने, ‘परमादेशले पानी हालेर जोडेको यो सरकार सुकेपछि भस्याक–भुसुक हुन्छ। त्यसकारण, देशको हितका लागि एमालेको सुदृढ सरकार चाहिन्छ।’

News by देउवा सरकार पानी हालेर जोडेको सातुको डल्लो हो, सुकेपछि फुट्छ : अध्यक्ष ओली :