चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 931 of 1152
  • 2026-11-22
  • 12:38:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मासिक दुई हजार नेपाली पठाउन कोरियाको पत्राचार

काठमाडौं - रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत हुने परीक्षा सुधार र श्रमिक पठाउने विषयमा छिटोछरितो काम गरेका कारण कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने भएको छ । यो वर्षदेखि कोरियाले १६ देशलाई निश्चित कोटा नछुट्याई छिटो श्रमिक आपूर्ति गर्ने मुलुकबाट धेरै श्रमिक लैजाने नीति लिएको छ । यही नीतिअनुसार नेपालबाट पनि धेरै श्रमिक लिन लागेको हो । दक्षिण कोरियाले यही फेब्रुअरीबाट मासिक रुपमा दुई हजार युवालाई कोरिया पठाउने तयारी गर्न नेपाललाई पत्र पठाएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले नेपालले छिटोछरितो श्रमिक पठाएको र परीक्षा पद्धतिमा समेत सुधार गरेका कारण यहाँबाट धेरै श्रमिक लैजान कोरिया सकारात्मक देखिएको बताए ।