काठमाडौं- पहाडी जिल्लामा सोमबार उल्लासपूर्वक होली पर्व मनाइएको छ। आज सार्वजनिक बिदासमेत रहेकाले सर्वसाधारणले साथीभाइ र आफन्त भेला भइ एकअर्कामा अबिर दलेर होली मनाका छन्।
आज काठमाडौं उपत्यकासहित देशैभर विभिन्न संघ संस्था तथा व्यावसायिक कम्पनीहरुले समेत सार्वजनिक ठाउँमा होली विशेष कार्यक्रम आयोजना गरेका छन्। शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाइन्छ।
