चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 356 of 1153
  • 2026-11-22
  • 13:39:32
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते, शपथमा सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आह्वान

काठमाडौँ– संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। आज (शुक्रबार) सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २ बजे शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ। सचिवालयले सार्वजनिक गरेको सूचनाका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ। उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ। सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ। नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ को ढाँचामा रहेको शपथको ब्यहोरालाई सम्बन्धित भाषामा अनुवाद गरी सोको प्रति शपथ कार्यक्रमभन्दा तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ। संसद् सचिवालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आ–आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई सूचनाबारे जानकारी गराउन समन्वयका लागि अनुरोध गरेको छ।

News by नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते, शपथमा सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन आह्वान :