चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 339 of 1152
  • 2026-11-22
  • 12:15:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

खेलकुद क्षेत्रको दिगो विकासका लागि आधारभूत तहदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ– नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको दिगो विकासका लागि आधारभूत तहदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। आज (मंगलबार) राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले खेलकुद प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्दै प्रतिभा पहिचान र विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। खेलकुद मन्त्री परिषद्को बोर्ड अध्यक्ष रहने व्यवस्थाअनुसार उनले सोही भूमिकामा कार्यक्रमलाई सम्बोधन गरेका हुन्। कार्यक्रममा अच्युतम लामिछाने ले समग्र खेलकुद क्षेत्रको उन्नतिका लागि सबै सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राखे। उनले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको पनि औँल्याए। राखेपका सदस्य सचिव रामचरित्र मेहता ले परिषद्को संरचना, कार्यक्षेत्र, बजेट अवस्था, पूर्वाधार विकास, राष्ट्रिय खेल संघहरूको स्थिति, कर्मचारी व्यवस्थापन, खेलाडीका बक्यौता पुरस्कार, ‘मिसन(२०२६’ अन्तर्गतको तयारी तथा ऐन संशोधनलगायतका विषयमा जानकारी गराएका थिए। यसअघि मन्त्री पोखरेललाई परिषद्का पदाधिकारी, बोर्ड सदस्य, कार्यसमिति, विभागीय तथा शाखा प्रमुख र कर्मचारीहरूले स्वागत गरेका थिए। कार्यक्रममा सहभागी भएपछि मन्त्रीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन विभिन्न संरचनाहरूको स्थलगत अवलोकनसमेत गरेका थिए।

News by खेलकुद क्षेत्रको दिगो विकासका लागि आधारभूत तहदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल :