चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 292 of 1165
  • 2026-11-29
  • 09:00:22
  • आइतबार,मंसिर १४, २०८३

About Author

सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज (आइतबार) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो। महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ। सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

News by सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ? :