चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1085 of 1100
  • 2026-10-05
  • 08:43:45
  • सोमबार,आश्विन १९, २०८३

About Author

मेरो २० अर्ब सम्पति कहाँ छ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग भएको सम्पत्ति समेत दान गरेको दावी गर्दै आफ्नो २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाउन खोजेको बताएका छन्। बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै व्यक्तिले टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूसँग २० अर्ब रुपैयाँ रहेको र त्यो रिजर्भ बैंकमा रहेको दावी गरेको उल्लेख गर्दै सो पैसा जसले पत्ता लगाउँछ उसैलाई सबै दिने उल्लेख गरे। अबको चुनावमा केपी ओलीले २० अरब कि खरब खर्च गर्ने आरोप लगाएको उल्लेख गर्दै आफूले सम्पत्ति दान गरिसकेको बताए। अध्यक्ष ओलीले भने– ‘२ खरब छ रे केपी ओलीसँग, २ खरब त हैन २० देखि ४० अरब छ केपी ओलीसँग। कहाँ छ भन्दा रिजर्भ बैंकमा छ। उसले भनेको। सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शत प्रतिशत म उसकै नाममा गरिदिन्छु। शतप्रतिशत। २० अरबको मालिक त एकैपटक हुन पाउने भयो नि। त्यै काम गरे भइहाल्यो नि, दुनियाँ लफडा किन गरिरहने, २० अरब त एक पटक मै पाउने भयो नी। केपी ओलीले कहाँ राखेको छ, कुन रिजर्भ बैंकमा राखेको छ? मैले नै लेखेर दिएपछि त संसार भरका जुन बैंकमा पैसा छ जो जससँग सम्बन्धित छ मैले नै लेखेर दिन्छु। मेरो भएको सबै सम्पत्ति यसको उपचारका लागि दिनु भनेर। उनले कसैले खर्च दिएर दैनिक ज्यालादारीमा आफूविरुद्ध त्यस्ता कुरा बोल्न लगाएको बताए। त्यस्ता व्यक्तिले समाजमा भ्रम छर्ने उनले बताए। त्यस्ता व्यक्तिहरु चरा, मुसा, बाँदर जस्ता चाराका लागि बाँचेको भन्दै व्यङ्ग्य गरे। उनले देशका लागि एमाले महान उद्देश्य बोकेर अघि बढेको उल्लेख गर्दै त्यसको विरुद्ध शक्ति लागिपरेको बताए। ओलीले एमाले सामाजिक सद्‌भावमा विश्वास गर्ने पार्टी रहेको बताए। न्याय र समानता कायम गर्दै राष्ट्रिय एकता कायम गर्ने दावी गरे। राष्ट्रिय एकता कायम नगरे नेपालको प्राकृतिक स्रोत लुटाउने सम्झौता हुनसक्ने, नेपालको भूमि प्रयोग गरेर असर पुर्याउन सक्ने उल्लेख गरे। उनले जात जातिका आधारमा नेपाली विभाजित हुन नहुने बताए। यो बाटोबाट सुखी नेपाली समृद्ध नेपालको गन्तव्यमा पुग्ने लक्ष्य रहेको बताए। उनले कसैले छोरी बुहारी, भाई साला सालीका लागि राजनीति गरेको भन्दै देशका लागि राजनीति गर्नुपर्ने बताए।

News by मेरो २० अर्ब सम्पति कहाँ छ? पत्ता लगाउनेलाई शतप्रतिशत दिन्छु : अध्यक्ष ओली :