चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1057 of 1109
  • 2026-10-08
  • 21:22:34
  • बिहिबार,आश्विन २२, २०८३

About Author

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छ : प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ६ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन्। बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने बताए। उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए। उनले यस्ता समाजेसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हीत, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए। उनले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको बताए। उनले १५ औं योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरु हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय शुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे। गैर सरकारी संस्थाहरुले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुृखी श्रमसीप र प्रविधिको अत्याधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यक्ता र अपरिहार्यता बढ्ने प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो ।

News by सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छ : प्रधानमन्त्री देउवा :