चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1100
  • 2026-10-05
  • 03:38:44
  • आइतबार,आश्विन १८, २०८३

About Author

मध्य नाइजेरियाको सशस्त्र आक्रमणमा परी सात जनाको मृत्यु, दुई जना घाइते

नाइजर- मध्य नाइजेरियाको पठार राज्यमा आइतबार राति भएको सशस्त्र आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने , अन्य दुई जना घाइते भएका राज्य प्रहरीले जनाएको छ। अज्ञात बन्दुकधारीहरूले आइतबार राति राज्यको जोस दक्षिण स्थानीय सरकारको डान्डा चुग्वी गाउँमा हमला गरेका पठारमा प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्। घाइते दुई जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको अलाबोले बताएका छन्। बन्दुकधारीहरुलाई पक्राउ गर्ने प्रयासका साथ अनुसन्धान भइरहेको उनले बताएका छन्। सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी देशमा हालैका महिनाहरूमा श्रृंखलाबद्ध रुपमा आक्रमणहरू भइरेहको पाइन्छ।

News by मध्य नाइजेरियाको सशस्त्र आक्रमणमा परी सात जनाको मृत्यु, दुई जना घाइते :