डोटीमा भारी असिना पानी, भित्र्याउने बेलाको धान खेतीमा क्षति - Chaitanya News
  • 2026-04-25
  • 08:32:33
  • शनिबार,बैशाख १२, २०८३
  • डोटीमा भारी असिना पानी, भित्र्याउने बेलाको धान खेतीमा क्षति

    डोटीमा भारी असिना पानी, भित्र्याउने बेलाको धान खेतीमा क्षति

    धनगढी- डोटीमा असिना ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ।

    आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्। उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्‍याएको बताएकी छन्।

    केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताइन्।