टेक पौरखी राईले निर्देशन गरेको फिल्म मीलनको ट्रेलर सार्वजनिक [भिडीयो सहित] - Chaitanya News
  • 2026-04-25
  • 07:04:07
  • शनिबार,बैशाख १२, २०८३
  • टेक पौरखी राईले निर्देशन गरेको फिल्म मीलनको ट्रेलर सार्वजनिक [भिडीयो सहित]

    टेक पौरखी राईले निर्देशन गरेको फिल्म मीलनको ट्रेलर सार्वजनिक [भिडीयो सहित]

    काठमाडौं– टेक पौरखी राईले निर्देशन गरेको फिल्म मीलनुको ट्रेलर सार्वजनिक भएको छ।

    सार्वजनिक ट्रेलरमा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ।

    फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, विशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापा मगरलगायत कलाकारको अभिनय छ। कुशल र शिल्पा यसै फिल्मबाट डेब्यु गर्दैछन्।

    त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्मको कथा निर्देशक राईले नै लेखेका हुन्।
    काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको फिल्मका निर्माता प्रविन थापा हुन्। राहुल राईले छायांकन गरेको फिल्मलाई तारा किम्बे थापाले सम्पादन गरेका छन्।

    यो फिल्म तिहारको अवसर पारेर कात्तिक १८ गतेदेखि प्रदर्शन हुँदैछ।