१) तलका मध्य कुन भनाई गलत छ ?
A) सूर्यले आफ्नो कक्षमा ग्यालेक्टिक सेन्टर परिक्रमा गर्न 25 करोड वर्ष लाग्छ । 1 cosmic year मा 25 करोड वर्ष हुन्छ ।
B) NASA द्वारा स्थापित प्रमुख अन्तरिक्ष अवलोकन यन्त्र Hubble Space Telescope हो ।
C) वैज्ञानिकहरुले सबभन्दा पहिले खोज अनुसन्धान गरेको ग्रह शुक्र हो ।
D) चन्द्रमाको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेन्ड लाग्छ ।
२) तालिवानले अफगानिस्तानको नेतृत्व गरेपछि देशको नाम Islamic Emirates of Afghanistan नामाकरण कहिले गरेको हो ?
A) 2021 Aug 15 B) 2021 Jan 15 C) 2021 Feb 15 D) 2021 March 15
३) तिनवटा राजधानी हुने देश कुन हो ?
A) बोलिभीया B) South Africa C) Pretoria D) Cape town
४) जंगबहादुरले एगनेट प्रथाको थालनी कहिले गरेका थिए ?
A) 1924 BS B) 1933 BS C) 1908 BS D) 1913 BS
५) नेपाललाई ३९ जिल्लामा कसले विभाजन गरेका थिए ?
A) विरशमशेर B) जंगबहादुर C) भिमसेन थापा D) रणवशादुर शाह
६) तलका भनाईबारे विचार गर्नुहोस् ।
a) NATO को स्थापना 1949 April 14 मा अमेरिकामा भएको थियो ।
b) NATO को स्थापनाकालिन राष्ट्र 12 र हाल सदस्य राष्ट्रहरु 29 वटा छन् ।
c) NATO का अन्तिम सरदस्य राष्ट्र युक्रेन हो ।
d) NATO को प्रधान कार्यालय बेलजियमको ब्रसेल्स र यसको हालको महासचिव Jens Stoltenberg (Norway) का हुन् ।
A) a र b ठीक, c र d वेठीक B) सबै ठीक C) d मात्र ठीक D) सबै वेठीक
७) ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कसले लेखेको कृति हो ?
A) भूपी शेरचन B) भैरव अर्याल C) कमलमणि दिक्षित D) डायमण्ड शमशेर राणा
८) SAARC को हालको महासचिव एसला विकुन (श्रीलंका) कहिले महासचिवको पदमा नियुक्त भएका हुन् ?
A) 2020 March 1 B) 2018 Jan 1 C) 2020 Sept 21 D) 2017 Jan 1
९) पहिलो पल्ट वेदलाई अंग्रेजीमा अनुवाद गर्ने व्यक्ति को हो ?
A) Max Muller B) ब्रह्मवादिनी C) सेक्सपियर D) Plato
१०) ५२ कुटी र ७२ कुण्डको शहर भनेर कुन शहरलाई चिनिन्छ ?
A) काठमाण्डौं B) जनकपुर C) धनुषा D) विराटनगर
११) छोराको उमेर विवाहयोग्य भए नभएको जाँच्न बावु छोरा लडाई गर्ने जाति कुन हो ?
A) लेप्चा B) बाह्रगाउँले C) हायु D) वनिमा
१२) समूह (I) र समूह (II) उपयुक्त जोडा मिलाउने प्रयोजनार्थ तलका कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह (I) समूह (II) कोडः
a) SEATO i) Vienna (Austria)
b) OPEC ii) Bangkok (Thailand)
c) Transparency International iii) London (UK)
d) Ammensty International iv) Berlin (Germany)
A) a-ii, b-i, c-iii, d-iv B) a-iii, b-iv, c-ii, d-i C) a-ii, b-iii, c-iv, d-i D) a-ii, b-i, c-iiv, d-iii
१३) कैलाशकुट भवन कुन शैलीमा निर्माण भएको हो ?
A) शिखर शैली B) प्यागोडा शैली C) स्तुपा शैली D) मुगलशैली
१४) नेपालको पहिलो बैंक (नेपाल बैंक लिमिटेड) को स्थापना कहिले भएको थियो ?
A) 1994 कार्तिक 30 B) 1993 कार्तिक 20 C) 1995 कार्तिक 20 D) 1994 मंसिर 9
१५) नेपालको सबैभन्दा उच्च स्थानमा रहेको विमानस्थल स्याङ्बोचो (3749m) कुन जिल्लामा पर्छ ?
A) रसुवा B) मनाङ्ग C) सोलुखुम्बु D) हुम्ला