चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 789 of 1152
  • 2026-11-22
  • 12:24:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गोरखामा जन्ती सवार जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं- गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान हुन बाँकी छ। तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको उनले बताए। दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन्। जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २०० मिटर तल खसेको छ। प्रदेश नं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रवक्ता लामिछानेले जानकारी दिए। दुर्घटना भएको जितमा कति सवार थिए यकिन नभएको तर १८ देखि २० जना सवार रहेको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ।

News by गोरखामा जन्ती सवार जिप दुर्घटना, पाँच जनाको मृत्यु :