चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 503 of 1153
  • 2026-11-22
  • 21:34:46
  • आइतबार,मंसिर ०७, २०८३

About Author

जुम्लामा ठूली भैली खेल्न सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ। पछिल्ला वर्षमा भैली खेल्ने चलन हराउँदै गएको उल्लेख गर्दै स्थानीयले परम्परालाई निरन्तरता दिन भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीय शेरबहादुर रावतले जानकारी दिए। पुसको प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जुम्लासहित कर्णालीका पाँच वटा जिल्लामा खेलिनेछ। पहिले मन मिल्ने बूढापाका, बालबालिका, युवकयुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैली खेल्ने चलन अहिले विस्तारै कम हुन थालेको स्थानीय हरिचन्द्र बुढाको भनाइ छ। भैलीमा साथीहरु मिलेर नयाँ पहिरनमा सजिएर आफन्तजनका घरमा गएर भैलो खेल्ने चलन रहेको तिला– १ का स्थानीय कर्ण रावतले बताए। बाह्रौँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको यो भैली हिउँदे याममा खेलिन्छ।

News by जुम्लामा ठूली भैली खेल्न सुरु :